नेपाल हेल्थ न्युज, काठमाडौं । स्वस्थ मुख, सुखी जीवन’ भन्ने मूल नारासहित आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।
मुख तथा दाँतको स्वास्थ्यलाई सम्पूर्ण शरीरको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको मान्दै विश्व स्वास्थ्य संगठन र दन्त विशेषज्ञहरूले दैनिक रूपमा दाँत सफा गर्ने बानी बसाल्न, समय–समयमा दन्त परीक्षण गराउन तथा धेरै चिनी र प्रशोधित खानेकुरा सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
विशेषज्ञहरूका अनुसार राम्रो मुख स्वास्थ्यले विभिन्न रोग लाग्ने सम्भावना कम गर्न मद्दत गर्छ। विश्व दन्त महासङ्घको पहलमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल दन्त चिकित्सक सङ्घ र विभिन्न संघसंस्थाहरूले दन्त शिविर, जनचेतनामूलक कार्यक्रम तथा कार्यशाला सञ्चालन गरिरहेका छन्।
विश्वभर मुख स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ यो दिवस सन् २०१३ देखि प्रत्येक वर्ष मनाउँदै आइएको छ।
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
