नेपाल हेल्थ न्युज, हुम्ला । हिमाली जिल्ला हुम्लाका सातवटा गाउँपालिकाका ७१३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्ध खोप लगाइने भएको छ। खोप अभियान चैत १० गतेदेखि १५ गतेसम्म जिल्लाभरका ५२ वटा खोप केन्द्रमार्फत सञ्चालन गरिनेछ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक भिमबहादुर बुढाका अनुसार १० देखि १४ वर्ष उमेर समूहका कक्षा ६–१० मा अध्ययनरत किशोरीलाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकागत रूपमा नाम्खामा २३, सिमकोटमा १५९, खार्पुनाथमा ११०, सर्केगार्डमा १२७, चंङ्खेलीमा ७२, अदानचुलीमा १०७ र ताँजाकोटमा ११५ जना किशोरीलाई खोप लगाइनेछ।
जिल्लाका ५८ विद्यालयमा अध्ययनरत किशोरीलाई प्राथमिकता दिइनेछ भने विद्यालय बाहिर रहेका किशोरीलाई अभियानपछि स्वास्थ्य चौकीमार्फत खोप दिइने व्यवस्था गरिएको छ। अभियानका लागि ९४० डोज खोप उपलब्ध गराइएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
