नेपाल हेल्थ न्युज, हुम्ला । हिमाली जिल्ला हुम्लाका सातवटा गाउँपालिकाका ७१३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्ध खोप लगाइने भएको छ। खोप अभियान चैत १० गतेदेखि १५ गतेसम्म जिल्लाभरका ५२ वटा खोप केन्द्रमार्फत सञ्चालन गरिनेछ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक भिमबहादुर बुढाका अनुसार १० देखि १४ वर्ष उमेर समूहका कक्षा ६–१० मा अध्ययनरत किशोरीलाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकागत रूपमा नाम्खामा २३, सिमकोटमा १५९, खार्पुनाथमा ११०, सर्केगार्डमा १२७, चंङ्खेलीमा ७२, अदानचुलीमा १०७ र ताँजाकोटमा ११५ जना किशोरीलाई खोप लगाइनेछ।
जिल्लाका ५८ विद्यालयमा अध्ययनरत किशोरीलाई प्राथमिकता दिइनेछ भने विद्यालय बाहिर रहेका किशोरीलाई अभियानपछि स्वास्थ्य चौकीमार्फत खोप दिइने व्यवस्था गरिएको छ। अभियानका लागि ९४० डोज खोप उपलब्ध गराइएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
