नेपाल हेल्थ न्युज, बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवा औपचारिक रूपमा सुरु भएको छ। अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसर पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उक्त सेवाको उद्घाटन गर्नुभयो ।
प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको एमआरआई मेसिन सञ्चालनमा आएसँगै अब यस क्षेत्रका सेवाग्राहीले सस्तो र सुलभ रूपमा विशेषज्ञ सेवा पाउने भएका छन्। यसअघि एमआरआई गराउनका लागि बिरामीहरू काठमाडौं वा छिमेकी मुलुक भारतको गोरखपुर जानुपर्ने बाध्यता थियो, जुन अब अन्त्य भएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल र स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले अस्पतालको चौतर्फी विकासका लागि शुभकामना दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले संस्थाको प्रगति विवरण र आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो । सोही अवसरमा अस्पतालले अवकाशप्राप्त कर्मचारीहरूलाई सम्मान गर्नुका साथै २५ वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
