नेपाल हेल्थ न्युज, काठमाडौं । मधुमेह (डायबिटिज) एक यस्तो रोग हो जसमा शरीरले इन्सुलिन हर्मोन पर्याप्त रूपमा उत्पादन गर्न वा सही तरिकाले प्रयोग गर्न सक्दैन। यसका कारण रगतमा ग्लुकोजको मात्रा असामान्य रूपमा बढ्छ।
आजकल नेपालसहित विश्वभर नै मधुमेहका बिरामीको संख्या तीव्र रूपमा बढिरहेको छ। यस रोगलाई नियन्त्रणमा राख्न औषधि मात्र पर्याप्त हुँदैन, सही खानपान र जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
मधुमेह मुख्यतः दुई प्रकारका हुन्छन्—टाइप १ र टाइप २. टाइप १ मा शरीरले इन्सुलिन उत्पादन गर्नै सक्दैन भने टाइप २ मा शरीरले उत्पादन गरेको इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। अधिकांश मानिसहरू टाइप २ मधुमेहबाट प्रभावित हुन्छन्।
अब जानौँ, मधुमेह भएका व्यक्तिले कुन–कुन खानेकुरा सकेसम्म नखानु राम्रो हुन्छः
१् ट्रान्स फ्याटयुक्त खाना
धेरै तेल र चिल्लो भएको खाना मधुमेहका बिरामीका लागि जोखिमपूर्ण हुन्छ। ट्रान्स फ्याट विशेषगरी दुई प्रकारका हुन्छन्—जनावरबाट पाइने र कृत्रिम रूपमा बनाइने। यी दुवैले मुटुसम्बन्धी समस्या बढाउने भएकाले यस्ता खाद्य पदार्थबाट टाढा रहनु राम्रो हुन्छ।
२. उच्च ग्लाइसेमिक इन्डेक्स भएका फलफूल
केही फलफूलले रगतमा चिनीको मात्रा छिटो बढाउँछन्। त्यसैले मधुमेहका बिरामीले कम ग्लाइसेमिक इन्डेक्स भएका फल रोज्नु राम्रो हुन्छ। जस्तै—बेरी, सुन्तला, नास्पाती आदि। तर खरबुजा वा भुँइकटहरजस्ता फलले सुगर छिटो बढाउन सक्छन्।
३. प्रशोधित आँटाबाट बनेका परिकार
मैदाबाट बनेका खानेकुरा शरीरमा छिट्टै ग्लुकोजमा रूपान्तरण हुन्छन्। यसले रगतमा चिनीको मात्रा बढाउने भएकाले यस्ता परिकार सकेसम्म कम खानुपर्छ।
४. तारेको र भुटेको खाना
धेरै तेलमा पकाइएको खाना पच्न समय लाग्छ र यसले सुगर नियन्त्रणमा समस्या ल्याउन सक्छ। त्यसैले तारेको, भुटेको वा धेरै तेल प्रयोग गरिएको खाना कम गर्नु राम्रो हुन्छ।
५. मदिरा (रक्सी)
रक्सीले शरीरमा ग्लुकोजको सन्तुलन बिगार्न सक्छ। विशेष गरी खाली पेटमा सेवन गर्दा झन् जोखिमपूर्ण हुन्छ। त्यसैले मधुमेहका बिरामीले मदिराबाट टाढा रहनु उपयुक्त हुन्छ।
६. अत्यधिक नुनयुक्त परिकार
धेरै नुनले रक्तचाप बढाउने सम्भावना हुन्छ, जुन मधुमेह भएका व्यक्तिका लागि अझ खतरनाक हुन सक्छ। चिप्स, फ्रेञ्च फ्राइजजस्ता नुनिला खानेकुरा सकेसम्म कम खानुपर्छ।
जीपी अस्पतालमा एक करोड ३० लाखमा मातृत्व कक्ष निर्माण हुने
शुक्रबार, चैत ६, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
शुक्रबार, चैत ६, २०८२
राप्ती प्रतिष्ठानमा ४ सय शय्याको अस्पताल निर्माण ढिलाइमा, ८८ करोड फ्रिज हुने जोखिम
शुक्रबार, चैत ६, २०८२

