नेपाल हेल्थ न्युज, कालीकोट । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।
विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।
विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।
सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिए ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
