नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो कार्यकालमा सम्पन्न महत्वपूर्ण कामहरूको प्रगति प्रतिवेदन सार्वजनिक गरेकी छिन्। जेन-जी आन्दोलनपछि गठन भएको सरकारले चुनौतीपूर्ण समयमा मन्त्रालयको जिम्मेवारी उनलाई सुम्पेको थियो। उनले प्रतिवेदनमा केही छोटो अवधिमा हासिल भएका उपलब्धिहरू र दीर्घकालीन प्रभाव पार्ने योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन्।
मन्त्रालयले सेवा प्रवाह र प्रणाली सुदृढीकरणलाई कार्यको मुख्य आधार बनाएको थियो। आन्दोलनका घाइतेहरूको गुणस्तरीय उपचार र राहत सुनिश्चित गर्न ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२’ लागू गरिएको छ। मस्तिष्कघातको उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन अस्पतालहरूमार्फत निशुल्क उपलब्ध गराउने ऐतिहासिक निर्णय पनि यही अवधिमा भएको हो।
सिस्टम सुधारको क्रममा स्वास्थ्य बीमा कार्यक्रममा दशकोंदेखिका समस्या हटाउन विशेष पहल गरिएको छ। दाबी भुक्तानी प्रणालीलाई पारदर्शी बनाउँदा राज्यको ठूलो आर्थिक बचत हुने अपेक्षा गरिएको छ। साथै, औषधि व्यवस्था विभागको स्तरोन्नति र राष्ट्रिय औषधि प्रयोगशालाको पूर्वाधार तथा जनशक्ति सुदृढीकरणको खाका तयार पारिएको छ।
विशेष प्राथमिकताका क्षेत्रहरूमा मानसिक स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्नु, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि विशेष पहल गर्नु, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार गर्ने कार्यक्रम लागू गर्नु, र औषधि तथा उपकरण खरिद प्रक्रियालाई छिटो र पारदर्शी बनाउन सुधार गर्नु पर्दथ्यो।
मन्त्री गौतमले प्रतिवेदनमा स्रोत व्यवस्थापनमा भोगिएको कठिनाइको पनि उल्लेख गरेकी छन्। अस्पतालहरूको अत्यावश्यक सेवा सञ्चालनका लागि माग गरिएको सात अर्ब बजेटमध्ये अर्थ मन्त्रालयले मात्र एक अर्ब निकासा गरेको र बाँकी रकम ‘कुलिङ पिरियड’ भन्दै रोकिएको कुरा उनले औंल्याएकी छन्।
अन्त्यमा उनले आगामी सरकारका स्वास्थ्य मन्त्रीका लागि औषधि व्यवस्था, स्वास्थ्य बीमा, कर्मचारी वृत्तिविकास, मेडिकल पर्यटन भिसा, जनशक्ति व्यवस्थापन र स्वास्थ्य व्यवसायी परिषद सुधार जस्ता विषयमा निरन्तरता दिनुपर्ने सुझाव दिएकी छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा सुनुवाइको पेसी तोकियो
मंगलबार, चैत १०, २०८२
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, चैत १०, २०८२
एक खिल्ली चुरोटले २० मिनेट आयु घटाउँछ ? के भन्छन् विज्ञ
मंगलबार, चैत १०, २०८२
मेडिकल काउन्सिलद्वारा डा. साह एक साताका लागि निलम्बित
मंगलबार, चैत १०, २०८२
