नेपाल हेल्थ न्युज, काठमाडौं । चुरोट स्वास्थ्यका लागि हानिकारक हुनु सबैलाई थाहा छ। तर अझै पनि धेरै मानिसहरू आफ्नो जीवनको मूल्य घटाउँदै धूम्रपान गर्छन्। नयाँ अध्ययनहरूले देखाएका छन् कि एक चुरोटले औसत २० मिनेट जीवन घटाउन सक्छ।
लण्डनको एक विश्वविद्यालयले गरेको अध्ययनअनुसार महिलाले एक चुरोट पिउँदा २२ मिनेट र पुरुषले १७ मिनेट जीवन घटाउँछन्। २० वटा चुरोटको प्याकेटले सात घण्टा जीवन कम गर्न सक्छ।
छाती र फोक्सो रोग विशेषज्ञ डा. कमल राज थापाका अनुसार, “चुरोटमा भएको निकोटिन, टार र कार्बन मोनोअक्साइडले मुटु, फोक्सो र रक्तसञ्चार प्रणालीमा दीर्घकालीन असर पार्छ। यसैले प्रत्येक चुरोटले औसत ११–२० मिनेट जीवन घटाउँछ।
धूम्रपान केवल व्यक्तिलाई नभई वरपरका मानिसलाई पनि असर पुर्याउँछ, जसलाई ‘पासिभ स्मोकिङ’ भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिस सिगरेटको कारण मृत्युमुखी हुन्छन्।
डा. थापाका अनुसार, चुरोट छाड्दा शरीर तुरुन्तै सुधार प्रक्रिया सुरु गर्छ। पाँच वर्षमा मुटुरोगको जोखिम आधा हुन्छ भने १० वर्षपछि फोक्सो क्यान्सरको खतरा ५० प्रतिशत कम हुन्छ। साथै बिग्रिएको फोक्सोको ९० प्रतिशत सुधार आउन सक्छ।
क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तर भन्छन् कि क्यान्सर भएपछि पनि चुरोट छाड्दा उपचार प्रभावकारी हुन्छ र दोस्रो क्यान्सरको जोखिम घट्छ। धूम्रपान छाड्न परामर्श सेवा, निकोटिन रिप्लेसमेन्ट थेरापी, र चिकित्सकीय सहयोगले सहायता गर्न सक्छ।
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
