नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सिङ पेशामा सर्मपित नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समीना मियाँले सपथ ग्रहण गर्न जानु अघि देश र जनताप्रति आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले राजनीति आफ्नो लागि सत्ता प्राप्त गर्ने माध्यम नभई जनताको विश्वास जोगाउने जिम्मेवारी भएको स्पष्ट पार्नुभएको छ ।
सपथअघि सार्वजनिक गरेको आफ्नो धारणा मार्फत मियाँले इमानदारी, उत्तरदायित्व र समर्पणलाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउने बताइन् बताउनुभयो “राजनीति मेरो लागि पद र शक्ति हासिल गर्ने बाटो होइन, जनताको भरोसा जोगाउने दायित्व हो,” उहाँले उल्लेख गर्नुभयो उहाँले इतिहासका महान व्यक्तित्वहरूले देखाएको सत्य, निष्ठा र जनसेवाको मार्गलाई आत्मसात गर्दै हरेक निर्णयमा राष्ट्रहितलाई सर्वोपरि राख्ने अठोट व्यक्त गर्नुभयो ।
“यो पद अवसर होइन, परीक्षा हो,” भन्दै उहाँले आफू जनताको विश्वासलाई नै आफ्नो शक्ति बनाउने विश्वास व्यक्त गर्नुभयो । मियाँले देशको समृद्धि, न्याय र समानताको यात्रामा सधैं जनतासँगै रहने प्रतिबद्धता दोहो¥याउँदै जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनुभयो ।
नवनिर्वाचित सांसद मियाँको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा सकारात्मक सन्देशका रूपमा हेरिएको छ । जनतामाझ उत्तरदायी र पारदर्शी नेतृत्वको अपेक्षा बढिरहेको वर्तमान सन्दर्भमा उहाँको यस्तो प्रतिबद्धताले आगामी कार्यकालप्रति आशा जगाएको विश्लेषण गरिएको छ ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
