नेपाल हेल्थ न्युज, काठमाडौं । गर्भनिरोधक उपाय प्रयोग नगरी शारीरिक सम्बन्ध भएको केही दिनपछि नै गर्भ रहे–नरहेको थाहा पाउन सम्भव हुन्छ। तर कहिलेकाहीँ निषेचन प्रक्रिया ढिलो हुँदा एक–दुई हप्तासम्म स्पष्ट जानकारी नहुन सक्छ।
गर्भ बसेपछि महिलाको शरीरमा केही परिवर्तनहरू देखिन थाल्छन्। यी परिवर्तनहरू सबैमा एउटै रूपमा नदेखिन सक्छन्, तर केही सामान्य संकेतहरूले गर्भको सम्भावना जनाउन सक्छन्।
प्रारम्भिक संकेतहरू
१. स्तनमा परिवर्तन
स्तन भारी महसुस हुनु, आकारमा परिवर्तन आउनु, वरिपरिको भाग गाढा हुनु, नसाहरू देखिनु वा हल्का दुखाइ हुनु गर्भावस्थाको संकेत हुन सक्छ।
२. अत्यधिक थकान
हर्मोनमा हुने परिवर्तनका कारण शरीर छिट्टै थाक्ने गर्छ। केही महिलामा सुरुवाती तीन महिनासम्म धेरै थकान देखिन्छ।
३. पटक–पटक पिसाब लाग्नु
शरीरमा तरल पदार्थ बढ्दा मूत्राशयमा दबाब पर्छ, जसले गर्दा बारम्बार पिसाब लाग्न सक्छ, विशेष गरी राति।
४. टाउको दुखाइ
हर्मोन परिवर्तनले गर्दा टाउको दुख्ने समस्या देखिन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह बिना औषधि नखानु उपयुक्त हुन्छ।
५. ढाड दुखाइ
शरीरको बनावटमा परिवर्तन र तौल बढ्दा मांसपेशी खुकुलो भई ढाड दुख्न सक्छ।
६. खानामा रुचि परिवर्तन
खानामा अरुचि हुनु वा अमिलो खाने इच्छा बढ्नु पनि सामान्य संकेत हो।
७. मुड परिवर्तन
अचानक मनस्थिति परिवर्तन हुनु—एकछिन उत्साहित, अर्कोछिन निराश—पनि गर्भावस्थाको लक्षण हुन सक्छ।
८. महिनावारी ढिलो हुनु
नियमित महिनावारी अचानक रोकिनु गर्भको सबैभन्दा प्रमुख संकेतमध्ये एक हो।
गर्भ परीक्षण गर्ने तरिका
- यदि गर्भको शंका लागेमा घरमै प्रयोग गर्न मिल्ने प्रेग्नेन्सी टेस्ट किट प्रयोग गर्न सकिन्छ।
- बिहानको पहिलो पिसाब प्रयोग गर्दा नतिजा बढी स्पष्ट हुन्छ।
- किटमा दिइएको स्थानमा केही थोपा पिसाब राख्ने।
- यदि एचसीजी हर्मोन उपस्थित छ भने रङ परिवर्तन भएर गर्भ रहेको संकेत दिन्छ।
गर्भ पुष्टि भएपछि के गर्ने ?
गर्भ पुष्टि भएपछि महिलाले शारीरिक मात्र नभई भावनात्मक रूपमा पनि नयाँ अनुभव गर्न थाल्छिन्—खुसी, उत्साह, चिन्ता र जिम्मेवारीको मिश्रण।
यस अवस्थामाः
स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ।
चिकित्सकले आवश्यक परीक्षण आहार र जीवनशैली सम्बन्धी सुझाव दिन्छन्।
कुनै जिज्ञासा वा समस्या भए खुलस्त रूपमा चिकित्सकसँग सोध्नु राम्रो हुन्छ।गर्भावस्थाको बारेमा जानकारी राख्दा आउने महिनाहरूका लागि मानसिक र शारीरिक रूपमा तयार हुन सहयोग पुग्छ।
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि...
बिहीबार, चैत १२, २०८२
नर्स समीना मियाँको प्रतिबद्धताः पद अवसर होइन, राष्ट्रप्रतिको परीक्षा हो
बिहीबार, चैत १२, २०८२
कार्की आयोगको ९०७ पृष्ठको प्रतिवेदन सार्वजनिक, यस्तो छ प्रतिवेदनको (पूर्ण पाठ)
बिहीबार, चैत १२, २०८२
भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन
बिहीबार, चैत १२, २०८२
