नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको सपथ लिएपछि अब उनको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्का अन्य सदस्यहरूको सपथको तयारी अघि बढेको छ।
नयाँ सरकार गठनको प्रक्रियासँगै सम्भावित मन्त्रीहरूको सूची पनि चर्चामा आएको छ। स्रोतहरूका अनुसार मन्त्रिमण्डलमा नयाँ अनुहार र विभिन्न क्षेत्रको प्रतिनिधित्वलाई प्राथमिकता दिने प्रयास गरिएको देखिन्छ।
चर्चामा रहेका नामहरू अनुसार स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालय, शिशिर खनाल लाई परराष्ट्र मन्त्रालय र सुदन गुरुङ लाई गृह मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको बताइन्छ।
त्यसैगरी प्रतिभा रावल लाई सामान्य प्रशासन, गणेश पौडेल लाई पर्यटन तथा अमरेश सिंह लाई उद्योग मन्त्रालय सम्हाल्न दिने चर्चा छ।
अन्य मन्त्रालयतर्फ सुनिल लम्साल लाई भौतिक पूर्वाधार, गीता चौधरी लाई कृषि र सस्मित पोखरेल लाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिन सकिने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नर्सिङ पृष्ठभूमि भएकी निशा मेहता लाई दिने सम्भावना व्यक्त गरिएको छ।
यसैगरी सीता वादी लाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सोबिता गौतम लाई कानुन, दिपक साह लाई श्रम तथा विराजभक्त श्रेष्ठ लाई ऊर्जा मन्त्रालय दिने चर्चा छ। सञ्चार मन्त्रालयमा भने विक्रम तिमिल्सिना को नाम अगाडि आएको छ। प्रधानमन्त्री शाहले समावेशी, दक्ष र नयाँ सोच बोकेको टोली निर्माण गर्ने संकेत दिएका छन्।
स्वास्थ्य क्षेत्र सुधारका लागि तीन कार्यदल गठन
आइतबार, साउन १७, २०८३
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३

