नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले सञ्चालन गरेको फार्मेसी सहायक नाम दर्ता (लाइसेन्स) परीक्षामा यसपटक ५३.३५ प्रतिशत परीक्षार्थी सफल भएका छन्।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयका अनुसार परीक्षाका लागि २ हजार २ जनाको आवेदन स्वीकृत गरिएको थियो। तीमध्ये १ हजार ९२३ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये १ हजार २६ जना उत्तीर्ण भएका हुन्।
परिषद्को २२०औँ बैठकले परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ। यो परिषद्ले सञ्चालन गरेको ३०औँ नाम दर्ता परीक्षा हो।
फार्मेसी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै सेवा प्रणालीलाई व्यवस्थित बनाउन परिषद्ले नियमित रूपमा यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ। अघिल्लो परीक्षामा करिब ५० प्रतिशत मात्रै उत्तीर्ण भएका थिए भने यसपटक सफलताको दर केही बढेको देखिएको छ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३
क्यान्सर उपचारका अत्यावश्यक औषधि ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
मंगलबार, जेठ २६, २०८३ट्रेन्डिङ

