नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले सञ्चालन गरेको फार्मेसी सहायक नाम दर्ता (लाइसेन्स) परीक्षामा यसपटक ५३.३५ प्रतिशत परीक्षार्थी सफल भएका छन्।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयका अनुसार परीक्षाका लागि २ हजार २ जनाको आवेदन स्वीकृत गरिएको थियो। तीमध्ये १ हजार ९२३ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये १ हजार २६ जना उत्तीर्ण भएका हुन्।
परिषद्को २२०औँ बैठकले परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ। यो परिषद्ले सञ्चालन गरेको ३०औँ नाम दर्ता परीक्षा हो।
फार्मेसी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै सेवा प्रणालीलाई व्यवस्थित बनाउन परिषद्ले नियमित रूपमा यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ। अघिल्लो परीक्षामा करिब ५० प्रतिशत मात्रै उत्तीर्ण भएका थिए भने यसपटक सफलताको दर केही बढेको देखिएको छ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
