नेपाल हेल्थ न्युज, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएर पनि अन्यत्र काजमा खटिएका पाँच जना चिकित्सकलाई फिर्ता बोलाउने निर्णय गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमै कार्यरत चिकित्सकलाई आफ्नै जिम्मेवारी स्थलमा फर्काउने उद्देश्यले काजफिर्ता गर्ने निर्णय गरेको जनाएको छ।
अस्पतालमा कार्यरत ईएनटी सर्जन डा. रोहित बज्राचार्य, एनेस्थेसियोलोजिस्ट डा. जोशनलाल बज्राचार्य र, रेडियोलोजिस्ट डा. प्रकाश ढकाल तथा साइक्याट्रिस्ट डा. सुशील समदर्शी लामो समयदेखि विभिन्न निकायमा काजमा कार्यरत थिए।
उनीहरू क्रमशः भरतपुर अस्पताल, कोशी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी अस्पताल विराटनगर, लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेको स्रोतले जानकारी दिएको छ। अब ती चिकित्सकहरू फिर्ता भएसँगै अस्पतालको सेवा प्रवाहमा सुधार आउने स्थानीयवासीले अपेक्षा गरेका छन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
