नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले नयाँ कार्यकारी निर्देशक पाएको छ। विश्वविद्यालयको कार्यकारी परिषदले वरिष्ठ नेत्र विशेषज्ञ प्राडा. मीनु चौधरीलाई उक्त पदमा नियुक्त गरेको हो। उहाँले बुधबार पदभार ग्रहण गर्नुभएको छ।
केन्द्रमा कार्यकारी निर्देशक पद गत असोज १० गतेदेखि रिक्त रहँदै आएको थियो। त्यस अवधिमा स्थायी व्यवस्था नभएसम्मका लागि प्राडा. सगुन नारायण जोशीलाई जिम्मेवारी दिइएको थियो। झण्डै छ महिनापछि केन्द्रले नियमित नेतृत्व पाएको हो।
नवनियुक्त कार्यकारी निर्देशक चौधरीको कार्यकाल चार वर्षको हुनेछ। यसअघि निर्देशकको कार्यकाल सकिएपछि पनि विश्वविद्यालयले नयाँ नियुक्ति गर्न नसकेको अवस्था थियो।
कार्यकारी निर्देशक छनोटका लागि गत कात्तिकमा प्राडा. इश्वर लोहनीको संयोजकत्वमा समिति गठन गरिएको थियो, जसमा प्रा. तक्मा केसी र डा. सुदीप पराजुली सदस्य थिए। उक्त समितिले चौधरी र जोशी दुवैको नाम सिफारिस गरेको भए पनि अन्तिम निर्णय हुन समय लागेको थियो।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले पनि दुवै उम्मेदवारको नाम कार्यकारी परिषदमा पठाएको थियो। अन्ततः परिषदले प्राडा. चौधरीलाई नियुक्त गर्दै लामो समयदेखि खाली रहेको पदमा टुंगो लगाएको हो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
