नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगको २४औँ बैठकले जेन–जी आन्दोलनका क्रममा घाइते भएकी एक विद्यार्थीलाई विशेष व्यवस्था अन्तर्गत एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहभागिता रहेको थियो। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री भने व्यस्तताका कारण बैठकमा उपस्थित हुन सकेनन्।
निर्णयअनुसार सुनसरी जिल्लाको वर्ज गाउँपालिका–६ निवासी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामार्फत एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराइने भएको छ। उनी चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित शैक्षिक सत्र २०८२/८३ को प्रवेश परीक्षामा ५७.५ अंक प्राप्त गर्दै ७६४०औँ स्थानमा उत्तीर्ण भएकी थिइन्।
यस विषयमा यसअघि नै मन्त्रिपरिषद्ले चैत १ गते निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले चैत ३ गते आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। छात्रवृत्तिसम्बन्धी खर्च चालु आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने पनि उल्लेख गरिएको छ।
त्यसैगरी अर्थ मन्त्रालयले समेत आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्न सहमति जनाइसकेको छ। प्रचलित कानुनअनुसार शिक्षण संस्थाहरूमा सिट निर्धारण गर्ने अधिकार आयोगसँग रहने भएकाले कार्यकारी समितिको सिफारिसपछि उक्त प्रस्ताव बैठकमा पेश गरिएको थियो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
