नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार बिहीबार बिहान उनको मुटुमा जडान गरिएको पेसमेकर परिवर्तन गरिएको छ। यसअघि मुटुको समस्याका कारण बैंककमा पेसमेकर राखिएको थियो। हाल उक्त उपकरणको ब्याट्री सकिएकाले नयाँ पेसमेकर राखिएको जनाइएको छ।
चिकित्सकहरूले शाहको मुटु कमजोर भएकाले पेसमेकर आवश्यक परेको बताएका छन्। अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको पनि जानकारी दिइएको छ।
पेसमेकर मुटुको चाललाई नियमित राख्न प्रयोग गरिने उपकरण हो। जब मुटुले आवश्यक गतिमा धड्कन दिन सक्दैन, यस्तो अवस्थामा शरीरमा पेसमेकर राखिन्छ। मुटुको चाल असन्तुलित हुँदा बिरामीलाई चक्कर लाग्ने, कमजोरी महसुस हुने वा बेहोस हुने समस्या देखिन सक्छ। यस्तो जोखिम कम गर्न पेसमेकर प्रभावकारी मानिन्छ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

