नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले आफ्नो कार्यालय परिसरमा प्रवेश व्यवस्थालाई थप व्यवस्थित बनाउन नयाँ प्रवेश कार्ड प्रणाली लागू गर्ने तयारी गरेको छ।
विभागका अनुसार औषधि उत्पादक तथा पैठारीकर्ता कम्पनी वा फर्मका आधिकारिक प्रतिनिधिहरूका लागि २०८३ साल बैशाख २ गतेदेखि प्रवेश कार्ड अनिवार्य गरिनेछ।
यस निर्णयको मुख्य उद्देश्य कार्यालय परिसरमा अनावश्यक भीड नियन्त्रण गर्नुका साथै असम्बन्धित व्यक्तिहरूको प्रवेशलाई सीमित गर्नु रहेको विभागले जनाएको छ। प्रवेश कार्ड प्राप्त गर्न सम्बन्धित कम्पनी वा फर्मले आफ्ना प्रतिनिधिको विस्तृत विवरण विभागमा पेश गर्नुपर्नेछ। आवश्यक विवरणमा प्रतिनिधिको नाम, पद, ठेगाना, राष्ट्रिय परिचयपत्र नम्बर, फोटो, कम्पनीको नाम, ठेगाना तथा व्यवसायको प्रकार समावेश गर्नुपर्नेछ।
यद्यपि, औषधि पसल दर्ता, नवीकरण वा व्यवसायिक अनुमतिपत्र लिन आउने सेवाग्राही तथा अध्ययन वा भ्रमणका लागि आउने विद्यार्थीहरूलाई भने यो प्रवेश कार्ड प्रणाली लागू हुने छैन।
विभागले सबै सम्बन्धित पक्षलाई २०८२ साल चैत्र ३० गतेभित्र आवश्यक कागजात तथा विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
