नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले अटिजम भएका बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले देशका सातै प्रदेशमा नमूना विद्यालय स्थापना गर्ने तयारी गरेको छ।
विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा आयोजना गरिएको एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूबीच भएको छलफलले यस्तो योजना अघि सारेको हो।
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अटिजम भएका बालबालिकालाई सहज र गुणस्तरीय शिक्षा सेवा उपलब्ध गराउन विशेष विद्यालय स्थापना आवश्यक ठहरिएको छ। उनले यस्ता विद्यालयले बालबालिकाको आवश्यकता अनुसार शिक्षण विधि र सहयोग प्रणाली विकास गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको पनि सहभागिता रहेको थियो। छलफलका क्रममा अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा आवासीय सुविधा सहितका विद्यालय सञ्चालन गर्ने प्रस्ताव समेत प्रस्तुत गरिएको थियो।
सरकारले यस कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न मन्त्रालयबीच सहकार्य गर्ने निर्णय गरेको छ। साथै, योजनाको विस्तृत खाका तयार गर्न प्राविधिक समिति गठन गर्ने जानकारी पनि दिइएको छ।
नेपालमा अटिजम पहिचान तथा आवश्यक सहयोग उपलब्ध गराउने क्षेत्रमा अझै चुनौती रहेको भन्दै सम्बन्धित निकायहरूले यसतर्फ थप ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
