नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत स्वास्थ्य क्षेत्र सुधारमा भएको पछिल्लो प्रगति सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार बुँदा नम्बर ८५ मा उल्लेखित कार्यहरू कार्यान्वयन गर्दै मन्त्रालयले सेवा विस्तार र गुणस्तर सुधारतर्फ उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको हो।
मन्त्रालयका अनुसार हाल देशभरका ३२ वटा अस्पतालका १० प्रतिशत शैय्यामा विपन्न नागरिकका लागि निःशुल्क उपचार सेवा सुनिश्चित गरिएको छ। यीमध्ये १९ वटा निजी तथा १३ वटा सरकारी अस्पताल रहेका छन्। निःशुल्क उपचारसम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमार्फत नियमित अद्यावधिक गर्न थालिएको पनि जानकारी दिइएको छ।
त्यसैगरी, वीर अस्पताल, गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल जस्ता प्रमुख स्वास्थ्य संस्थाहरूमा सेवा गुणस्तर सुधारका लागि नियमित अनुगमन तथा पृष्ठपोषण प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। अस्पताल सेवा सुधारका लागि नयाँ निर्देशिकाको मस्यौदा समेत तयार भइसकेको र संघीय तथा प्रादेशिक अस्पतालहरूसँग समन्वयमा कार्ययोजना कार्यान्वयन भइरहेको छ।
विशिष्टीकृत स्वास्थ्य सेवातर्फ मन्त्रालयले जलन (बर्न) उपचार सेवाको विस्तारलाई प्राथमिकतामा राखेको छ। सुदूरपश्चिम प्रदेशका टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पतालमा जलन वार्ड स्थापना गर्ने तयारी भइरहेको छ भने मधेस प्रदेशको कलैया अस्पतालमा पनि यस्ता सेवा विस्तारको काम सुरु गरिएको छ। साथै, जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरुद्ध रहेको जलन उपचार सेवा पुनः सञ्चालनमा ल्याइएको छ।
दुर्गम तथा पहाडी क्षेत्रका नागरिकको ज्यान बचाउन हवाई एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। विशेषगरी जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार कार्यलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी सम्बन्धित कार्यविधि संशोधन प्रक्रिया अघि बढाइएको छ।
यस्तै, सेवाग्राहीका गुनासा सुन्ने र सम्बोधन गर्ने प्रणालीलाई प्रविधिमैत्री बनाउन मन्त्रालयले डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। मन्त्रालयका अनुसार यी सुधारका प्रयासहरूले स्वास्थ्य सेवा पहुँच र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पहुँचका आधारमा सुगम क्षेत्रमा बसेका थप ३३ चिकित्सकको काज फिर्ता, को कहाँ ?(नामसहित)
आइतबार, चैत २२, २०८२
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
आइतबार, चैत २२, २०८२
बिहान तातो पानी पिउनु स्वास्थ्यका लागि कति राम्रो हो?
आइतबार, चैत २२, २०८२
बिरामीलाई औषधि सिफारिस गर्दा ‘ब्रान्ड’ नाम नलेख्न निर्देशन
आइतबार, चैत २२, २०८२
