नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलनमा आयुर्वेद स्वास्थ्य सेवालाई पनि स्वास्थ्य बिमामा समावेश गर्न जोरदार आग्रह गरिएको छ।
संघका अध्यक्ष वरिष्ठ आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली ले सम्मेलनमा आयुर्वेद स्वास्थ्य सेवामा स्वास्थ्य बिमा कार्यक्रम लागू नहुँदा धेरै नागरिकले चाहँदा पनि सेवा लिन नसकेको उल्लेख गर्दै सरकारले यसतर्फ पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “आयुर्वेदमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसक्दा धेरैले चाहँदा चाहँदै पनि सेवा लिन सकेका छैनन्। त्यसैले, सरकारले आयुर्वेदमा पनि बिमा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।”
कार्यक्रममा डा. ज्ञवालीले आयुर्वेद चिकित्सकको समायोजन नभएकाले आयुर्वेद अस्पताल र अन्य केन्द्रका भवन निर्माण भइसके पनि सञ्चालनमा आउन नसकेको स्थिति औँल्याउनुभयो।
संघका उपाध्यक्ष डा. शंकर गौतम ले आयुर्वेद उपचार नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि उपयुक्त भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो।
पूर्व स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम ले पनि नागरिकलाई स्वस्थ बनाउन आयुर्वेद स्वास्थ्य सेवामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले आफ्नो कार्यकालमा नागरिक आरोग्य कार्यक्रमलाई मानसिक स्वास्थ्य अन्तर्गत अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार यो कार्यक्रम बढ्दै गएको नसर्ने रोगको रोकथाममा महत्वपूर्ण योगदान दिन सक्छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
