नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर गौतम चयन भएका छन्। उनले प्रतिस्पर्धी डा. सुवर्ण पौडेललाई पछि पार्दै नेतृत्व सम्हालेका हुन्।
चैत २० र २१ गते सम्पन्न संघको ११औँ राष्ट्रिय सम्मेलनबाट डा. गौतमको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा डा. रमेश पौडेल चयन भएका छन् भने महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठ विजयी भएकी छन्।
त्यसैगरी महासचिवमा डा. ऋषिकेशव भुसाल, सचिवमा डा. दीपककुमार मण्डल र कोषाध्यक्षमा डा. सिजन कोजु निर्वाचित भएका छन्। यो जानकारी संघका निवर्तमान अध्यक्ष डा. श्यामबाबु यादवले दिएका हुन्।
प्रादेशिक उपाध्यक्षहरू पनि चयन भएका छन्। जसअनुसार कोशी प्रदेशमा डा. विजयकुमार सिंह, मधेसमा डा. शिवनारायण गुप्ता, बागमतीमा डा. देवेन्द्रकुमार यादव, गण्डकीमा डा. नगेन्द्र लामिछाने, लुम्बिनीमा डा. कैलाश न्यौपाने, कर्णालीमा डा. सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा. हिमाल भट्ट चयन भएका छन्।
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
