नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले चिकित्सकहरूले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै विशेष कम्पनी वा ब्रान्ड उल्लेख नगर्न निर्देशन दिएको छ। अस्पतालका कार्यकारी निर्देशक दिलीप शर्माका अनुसार अबदेखि औषधिको ‘जेनेरिक’ नाम स्पष्ट रूपमा ठूलो अक्षरमा लेख्नुपर्नेछ।
अस्पतालले जारी गरेको निर्देशनमा चिकित्सकहरूले सिफारिस गरेको औषधिमा आफ्नो लाइसेन्स नम्बर उल्लेख गरी हस्ताक्षर गर्नुपर्ने पनि व्यवस्था गरिएको छ। यसले उपचार प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।
त्यस्तै, औषधि कम्पनीका प्रतिनिधि (एमआर) लाई कार्यालय समयभित्र अस्पताल परिसरमा प्रवेश गर्न निषेध गरिएको छ। विशेषगरी बहिरङ्ग सेवा, आकस्मिक कक्ष तथा बिरामी भर्ना भएका वार्डहरूमा उनीहरूको पहुँच बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि किन्न प्रेरित गर्ने वा वार्डमै गएर पसलका भिजिटिङ कार्ड वितरण गर्ने गतिविधि पनि रोक्न कर्मचारीलाई सचेत गराएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा नियमअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
यसका साथै, चिकित्सकहरूले औषधि वा सर्जिकल सामग्रीको ब्रान्ड नमिलेको भन्दै बिरामीलाई अनावश्यक दुःख दिने व्यवहार नगर्न पनि आग्रह गरिएको छ। उल्लङ्घन गरेमा सम्बन्धित चिकित्सक, नर्सिङ स्टाफ वा अन्य कर्मचारीमाथि कारबाही हुने जनाइएको छ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हेलो सरकार’ प्रणालीमार्फत आएका गुनासो व्यवस्थापन गर्न आफ्नो मातहतका स्वास्थ्य संस्थाहरूलाई ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको छ। मन्त्रालयका सूचना अधिकारी भक्त केसीका अनुसार ४६ वटा अस्पताल, प्रतिष्ठान र विभागलाई यस्तो जिम्मेवारी तोक्न भनिएको हो।
निर्धारित फोकल पर्सनले नागरिकबाट आएका गुनासोहरूको समाधानमा समन्वय गर्नेछन्, जसले स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास गरिएको छ।

पहुँचका आधारमा सुगम क्षेत्रमा बसेका थप ३३ चिकित्सकको काज फिर्ता, को कहाँ ?(नामसहित)
आइतबार, चैत २२, २०८२
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
आइतबार, चैत २२, २०८२
बिहान तातो पानी पिउनु स्वास्थ्यका लागि कति राम्रो हो?
आइतबार, चैत २२, २०८२
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन
आइतबार, चैत २२, २०८२
