नेपाल हेल्थ न्युज, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामार्फत विभिन्न स्वास्थ्य तथा प्राविधिक पदहरूमा जनशक्ति भर्ना खुलाएको छ। प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको हेटौंडा अस्पतालका लागि आवश्यक जनशक्ति पूर्ति गर्न यो सूचना प्रकाशित गरिएको हो।
प्रतिष्ठानले २०८२ साल चैत २३ गते पहिलोपटक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।
सूचनाअनुसार प्रतिष्ठानले विशेषज्ञ चिकित्सकदेखि प्राविधिक र सहयोगी तहसम्म गरी २६ वटा विभिन्न पदमा भर्ना खुलाएको छ। खुला गरिएका पदहरूमा जनरल फिजिसियन, एनेस्थेसियोलोजिस्ट, निओनेटोलोजिस्ट, रेडियोलोजिस्ट, डर्माटोलोजिस्ट, अर्थोपेडिक स्पाइनल सर्जन, कार्डियो थोरासिक तथा भास्कुलर सर्जन, ईएनटी विशेषज्ञ, मेडिकल अधिकृत, माइक्रोबायोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, फार्मासिस्ट लगायतका पदहरू समावेश छन्।
त्यसैगरी, प्राविधिक तथा नर्सिङतर्फ नेत्र सहायक, बायोमेडिकल टेक्निसियन, रेडियोग्राफर, डायलाइसिस नर्स, ओटी नर्स, आईसीयू नर्स, स्टाफ नर्स, इमर्जेन्सी शाखा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, एनेस्थेसिया सहायक, फार्मेसी सहायक, ल्याब टेक्निसियन लगायतका पदहरूमा पनि आवेदन खुलाइएको छ।
प्रशासनिक तथा प्राविधिक सहयोगी पदहरूमा जनसम्पर्क सहायकरसुपरभाइजर र इलेक्ट्रिकल सुपरभाइजर पनि माग गरिएको छ।दरखास्त बुझाउने अन्तिम मिति २०८३ साल वैशाख ७ गते तोकिएको छ। इच्छुक उम्मेदवारहरूले प्रतिष्ठानको आधिकारिक वेबसाइटमार्फत विस्तृत जानकारी लिन सक्नेछन्। साथै थप जानकारीका लागि प्रतिष्ठानको प्रशासन शाखामा सम्पर्क गर्न सकिने जनाएको छ।

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता
मंगलबार, चैत २४, २०८२
