नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। सन् १९४८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्थापना भएको दिनको सम्झनामा सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो।
यस बर्ष 'स्वास्थ्यको लागि सँगै: विज्ञानको साथ खडा' भन्ने नाराका साथ सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच पाउनुपर्ने सन्देश प्रवाह गरिएको छ। विश्वभर बढ्दो स्वास्थ्य चुनौतीहरूबीच सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु अहिलेको मुख्य प्राथमिकताका रूपमा उठाइएको छ
विश्व स्वास्थ्य दिवसको अवसरमा भित्री तथा बाहिरी वायु प्रदूषण, जलवायु परिवर्तन, तथा स्वास्थ्य सेवामा असमान पहुँचजस्ता मुद्दाहरूमा विशेष जोड दिइएको छ। विशेषज्ञहरूका अनुसार यी समस्या विश्वव्यापी रूपमा मानव स्वास्थ्यका लागि ठूलो चुनौती बनेका छन्।
नेपालमा पनि यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, तथा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको छ। सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न गतिविधि आयोजना गरेका छन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
