नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलद्वारा शुक्रबार आयोजित विशेषज्ञ चिकित्सक (पीजी) लाइसेन्स परीक्षामा उल्लेखनीय रूपमा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार २५ विभिन्न विषयअन्तर्गत कुल १६५ जनाले आवेदन दिएका थिए। तीमध्ये दुई जना परीक्षामा सहभागी भएनन् भने दुई जनाको नतिजा स्थगित गरिएको छ। परीक्षा दिएका मध्ये १३१ जना सफल भएका हुन्।
यसपटक असफल भएका ३२ जना परीक्षार्थीलाई आफ्नो प्राप्ताङ्क पुनरावलोकन गराउन अवसर प्रदान गरिएको छ। इच्छुक उम्मेदवारहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित (निवेदन, प्रवेशपत्रको प्रतिलिपि र १५०० रुपैयाँको बैंक भौचर) इमेलमार्फत आवेदन दिन सक्नेछन्।
उक्त परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसस्थित सूचना प्रविधि केन्द्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो। काउन्सिलले सोही दिन साँझ परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
