नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौं मा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार दाहालविरुद्ध विभिन्न सप्लायर कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल पास गर्ने क्रममा घुस लिएको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा टंगालबाट खटिएको टोलीले उनलाई रु. १ लाख २० हजार ८५० नगदसहित नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिन योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गर्दै घुस लिने–दिने सर्तमा भुक्तानी प्रक्रिया अगाडि बढाएको खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार उनले सेवाग्राहीबाट रु. ९३ हजार ८५० घुस लिएको पुष्टि भएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर हुने भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको हो।
आयोगले दाहालविरुद्ध बिगो रु. ९३ हजार ८५० कायम गरी कैद तथा सोही बराबरको जरिवाना सजायको मागदाबी गरेको छ। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार मुद्दा सम्बन्धी थप प्रक्रिया अब विशेष अदालत काठमाडौंमा अगाडि बढ्ईएको छ।
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीले गराइन् सरकारको ध्यानाकर्षण
बुधबार, साउन २७, २०८३
