नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नयाँ कार्यालय समय सम्बन्धी अत्यन्त जरूरी सूचना जारी गरेको छ। नेपाल सरकारको हालै प्रकाशित सूचना तथा विश्वविद्यालयको कार्यकारी परिषदको चैत २३ गतेको निर्णयअनुसार अस्पतालमा कार्यालय समय परिवर्तन गरिएको हो।
नयाँ व्यवस्था अनुसार अब अस्पतालको नियमित कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ। साथै, शनिबार र आइतबार बिदा दिने निर्णय पनि गरिएको छ।
अस्पताल प्रशासनका अनुसार यस निर्णयले बिरामीहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै ओ.पि.डी. सेवा र शल्यक्रियाहरू शुक्रबार पूरा दिन सञ्चालन गरिनेछ भने अन्य दिनहरूमा आवश्यकतानुसार व्यवस्थापन गरिनेछ। अस्पतालले सेवाग्राहीहरूलाई नयाँ समयतालिका अनुसार सेवा लिन अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
