नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ ।
काउन्सिलका अनुसार स्नातक र स्नातकोत्तर तहमा अध्ययन गराउने केही कलेजहरूले लामो समयदेखि बुझाउनुपर्ने रकम नतिरेपछि २१ दिनको अन्तिम समयसीमा तोकिएको हो। बारम्बार आग्रह गर्दा पनि रकम नबुझाएपछि यस्तो निर्णय लिनुपरेको जनाइएको छ।
सूचना जारी गर्दै काउन्सिलले तोकिएको अवधिभित्र अनिवार्य रूपमा बक्यौता रकम तिर्न आग्रह गरेको छ। यदि समयसीमाभित्र रकम नबुझाएमा ती कलेजहरूमाथि विभिन्न प्रशासनिक कारबाही हुने चेतावनी दिइएको छ।
काउन्सिलले विशेष गरी विद्यार्थीहरूको परीक्षण दर्ता प्रक्रिया र विदेशी चिकित्सक तथा शिक्षकहरूको दर्ता सेवा रोक्ने तयारी रहेको जनाएको छ। यसले सम्बन्धित कलेजहरूको शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ।
यसका साथै, तोकिएको समयमा रकम नतिर्ने कलेज तथा प्रतिष्ठानहरूको विवरण सार्वजनिक गरिने पनि काउन्सिलले स्पष्ट पारेको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
