नेपाल हेल्थ न्युज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ ।
चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबिबिएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएको थियो । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सो समाचारप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ ।
जारी विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटा अन्तर्गतको नभएर अतिरिक्त कोटाका रूपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरू कसैले पाउने अवसरलाई सङ्कुचन एवं बाधासमेत नपरेको जनाइएको छ । जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अनुसार नै चिकित्सा शिक्षा आयोगको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा यो निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सा शिक्षा आयोगबाट शैक्षिक वर्ष २०८२र८३ का लागि सञ्चालन भएको एमबिबिएस प्रवेश परीक्षामा शाहले ५७.५ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण हुनुभएको थियो । यही चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबिबिएस पढाउने निर्णय गरेको थियो ।
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३
क्यान्सर उपचारका अत्यावश्यक औषधि ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
मंगलबार, जेठ २६, २०८३
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
मंगलबार, जेठ २६, २०८३

