नेपाल हेल्थ न्युज, काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटी तथा वनस्पतिबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्।
वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिले पनि जडिबुटी क्षेत्र प्रारम्भिक चरणमै सीमित रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकास आवश्यक रहेको बताइन्।
मन्त्री चौधरीले वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको आधार बनाउँदै गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा उपयोग गर्न सकिने धारणा राखिन्।
उनले अनुसन्धानलाई प्रि–क्लिनिकल ट्रायलसम्म पुर्याउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य बढाउन निर्देशन दिएकी छन्। साथै, अनुसन्धानबाट प्राप्त नतिजालाई व्यावसायिक उत्पादनमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
विभागले वनस्पतिहरूको वैज्ञानिक अभिलेख तयार गर्दै “वृहत नेपाल फ्लोरा” प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ। हालसम्म ६५८ प्रजातिका वनस्पतिको अभिलेखिकरण भइसकेको छ। कार्यक्रममा वनस्पति संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
