नेपाल हेल्थ न्युज, काठमाडौं । औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई प्रदान गरिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले चैत २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई उक्त पदको जिम्मेवारी सुम्पिएकी हुन्।
दशौँ तहकी बरिष्ठ औषधी व्यवस्थापक खड्गी विभागमा कार्यरत कर्मचारीहरूमध्ये सबैभन्दा अनुभवी र बरिष्ठ अधिकारीका रूपमा चिनिन्छिन्।
उनलाई अर्को व्यवस्था नभएसम्म महानिर्देशकले सम्हाल्ने सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी वहन गर्न तोकिएको छ। जिम्मेवारीसम्बन्धी पत्र प्राप्त गरेसँगै उनले पदभार ग्रहण गरिसकेकी छन्।
यसअघि विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई चैत २६ गते मन्त्रालयमा तानिएको थियो। औषधीको मूल्य निर्धारण प्रक्रियामा कानुनविपरीत कार्य गरेको आरोप लागेपछि उनलाई मन्त्रालयमा झिकिएको बताइएको छ।
उक्त विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयले चैत २७ गते अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
