नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरूमा व्यापक हेरफेर गर्दै संगठनात्मक संरचनामा नयाँ गतिशीलता ल्याउने प्रयास गरेको छ। मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार बुधबार एघारौँ तहका वरिष्ठ अधिकृतहरूको सरुवा, पदस्थापन र काज फिर्ता गरिएको हो।
मन्त्रालयमा नयाँ रूपमा भित्रिएका अधिकारीहरूमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने तथा हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा रहेका छन्। उनीहरूलाई मन्त्रालयमा ल्याइए पनि जिम्मेवारीको अन्तिम टुंगो भने अझै लागिसकेको छैन।
मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नीति, योजना तथा अनुगमन महाशाखा, अर्याललाई स्वास्थ्य समन्वय महाशाखा र न्यौपानेलाई गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्व दिने तयारी भइरहेको छ। सम्बन्धित सेवा समूह मिलाएर जिम्मेवारी बाँडफाँट गरिने तयारीले व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैसँगै, मन्त्रालयमा कार्यरत केही वरिष्ठ चिकित्सकहरूलाई काज फिर्ता गर्दै विभिन्न स्वास्थ्य संस्थामा पठाइएको छ। नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल, पर्सा, स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, तथा गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमा फिर्ता पठाइएको छ।
त्यसैगरी, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। यद्यपि, हाल उनी बोर्डको नेतृत्वदायी भूमिकामा रहेकाले तत्कालका लागि सोही पदमा रही कार्यसम्पादन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
