नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. तुषार सरवजनाको चिकित्सक लाइसेन्स रद्द गरेको छ। काउन्सिलको दर्ता समितिको ६ चैतमा बसेको बैठकले आवश्यक छानबिनपछि यस्तो निर्णय गरेको हो।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमारका अनुसार, सरवजनाको अस्थायी दर्ता र विशेषज्ञ दुवै मान्यता खारेज गरिएको हो। प्रारम्भिक विवरणअनुसार उनले भारतीय राहदानी प्रयोग गरी अध्ययन गरेको तथ्य भेटिएको थियो।
‘भारतीय गणराज्यको पासपोर्ट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतीय गणराज्यको पासपोर्टबाट फरिजन नेसनलअन्तर्गत अध्ययन गर्नुभएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने हुँदा निजको हालको दर्ता (तुषार सरवजना नेमेका दर्ता नं. ३५१४२ ) खारेज गर्ने निर्णय भयो,’ काउन्सिलको निर्णयमा भनिएको छ ।
यसै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई विदेशी विद्यार्थीको रूपमा एमबीबीएस अध्ययन गरेको जानकारी काउन्सिललाई उपलब्ध गराएको थियो। साथै, गृह मन्त्रालयमार्फत प्राप्त विवरणअनुसार उनले २०७८ मंसिर २८ गते वंशजका आधारमा नेपाली नागरिकता लिएको पुष्टि भएको थियो।
काउन्सिलले भारतको चिकित्सा नियामक निकायमा पनि उनको दर्ता रहेको उल्लेख गरेको छ। यी सम्पूर्ण तथ्यहरूको आधारमा, विदेशी नागरिकको रूपमा अध्ययन गरेका चिकित्सकलाई नेपालमा दर्ता गर्न नमिल्ने प्रावधानअनुसार उनको लाइसेन्स खारेज गरिएको काउन्सिलले जनाएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
