नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई मन्त्रालयमा तानेको छ। मन्त्रालयले हालै गरेको निर्णयअनुसार उनलाई सरुवा गरी मन्त्रालयमै राखिएको हो।
यसअघि पनि मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई सरुवा गर्दै मन्त्रालय तानेको थियो। औषधि सम्बन्धी विषयमा उत्पन्न विवादपछि उनलाई विभागबाट हटाइएको जनाइएको छ।
ढकाल मन्त्रालयमा तानिएपछि औषधि व्यवस्था विभागको निमित्त निर्देशकको जिम्मेवारी दशौं तहकी शिवानी खड्गीलाई दिइएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
