नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको एक औषधि तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ।
विभागले जारी गरेको अत्यावश्यक सूचनाअनुसार नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरिएको ‘ओन्डाट्रोन–४’ नामक औषधिको नमुना परीक्षण गर्दा निर्धारित गुणस्तर नपुगेको पाइएको हो।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणले औषधि ‘आईपी २०२२’ अनुसार परिमाण परीक्षणमा असफल भएको देखाएको विभागले जनाएको छ।
विभागका अनुसार ओन्डाट्रोन–४ (ओन्डान्सेट्रोन हाइड्रोक्लोराइड ४ मिलिग्राम) को ब्याच नम्बर ओएनडीटी २९०१ रहेको छ । उक्त औषधिको उत्पादन मिति अगस्ट २०२५ र म्याद सकिने मिति जुलाई २०२७ रहेको छ ।
यो औषधि देउराली–जनता फार्मास्युटिकल्स प्रा. लि. द्वारा उत्पादन गरिएको हो। विभागले सम्बन्धित उत्पादक तथा वितरकलाई उक्त ब्याचका सबै उत्पादन तुरुन्त बजारबाट फिर्ता गर्न र आवश्यक विवरण पेश गर्न निर्देशन दिएको छ।
साथै स्वास्थ्यकर्मी, औषधि व्यवसायी र सर्वसाधारणलाई सोही ब्याचको औषधि प्रयोग, सिफारिस वा बिक्री–वितरण नगर्न औषधि व्यवस्था विभागले आग्रह गरिएको छ।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

