नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताका प्रमुख विज्ञ सल्लाहकारमा प्रा. डा. मनोहर प्रधान नियुक्त हुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई उक्त जिम्मेवारीका लागि सिफारिस गरेपछि सरकारले उनलाई अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो।
लामो समयदेखि चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय डा. प्रधान हाल भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज मा अध्यापन गर्दै आएका छन्। उनले करिब दुई दशक नजिकको अनुभव संकलन गरेका छन्, जसले स्वास्थ्य क्षेत्रका प्राविधिक र नीतिगत पक्षमा उनको पकडलाई बलियो बनाएको छ।
उनको पेशागत दक्षताका आधारमा उनी दुई कार्यकालसम्म नेपाल मेडिकल काउन्सिल का निर्वाचित सदस्य समेत रहिसकेका छन्। त्यस्तै, नेपाल चिकित्सक संघ, चितवन शाखामा उपाध्यक्षको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन्।
रास्वपाको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै आएका डा. प्रधान हाल पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकको भूमिकामा थिए। स्वास्थ्य क्षेत्र सुधारप्रति उनको निरन्तर सक्रियता र प्रतिबद्धतालाई ध्यानमा राख्दै उनलाई मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी दिइएको बताइएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
