नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी फेरबदल गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयअनुसार विभिन्न महाशाखा तथा निकायमा कार्यरत अधिकारीहरूको जिम्मेवारी पुनः निर्धारण गरिएको हो।
कर्मचारी प्रशासन महाशाखाका प्रमुख दिवश आचार्यका अनुसार लामो समयदेखि रिक्त रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा डा अनुज भट्टचनलाई नियुक्त गरिएको छ।
यसैगरी, परिवार कल्याण महाशाखाका प्रमुख डा मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ भने डा चुमनलाल दासलाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा सरुवा गरिएको छ। त्यससँगै समन्वय महाशाखा प्रमुख यशोदा अर्याललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सुम्पिएको छ। यसअघि नै डा प्रकाश साहलाई स्वास्थ्य तालिम केन्द्रमा खटाइएको थियो।
तर, केही सरुवाका निर्णयहरूलाई लिएर मन्त्रालयभित्रै असन्तुष्टि देखिएको छ। स्रोतका अनुसार डा मदन उपाध्यायलाई दरबन्दी नभएको स्थानमा पठाइएको छ भने डा प्रकाश साहको सेवा समूहसमेत नमिल्ने गरी जिम्मेवारी दिइएको बताइएको छ। यद्यपि, सुशासन र सेवा समूह मिलाउने प्रतिबद्धता व्यक्त गरिँदै आएको भए पनि व्यवहारमा त्यसको पालना नभएको आरोप लागेको छ।
उपाध्यायको दरबन्दी भने राष्ट्रिय ट्रमा सेन्टरमा रहेको बताइएको छ। साथै, नीति योजना महाशाखा १०औं तहमा कार्यरत डा पुष्पराज पौडेललाई पनि नरदेवी अस्पतालमा काज फिर्ता गरिएको छ।
स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३

