नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी यशोदा अर्याललाई दिएको छ। मन्त्रालयले हालै गरेको प्रशासनिक हेरफेरअन्तर्गत अर्याललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
यसअघि मन्त्रालयका प्रवक्ताका रूपमा कार्यरत डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएपछि रिक्त रहेको प्रवक्ताको पदमा अर्याललाई नियुक्त गरिएको प्रशासन महाशाखा प्रमुख दिवश आचार्यले जानकारी दिए।
हाल स्वास्थ्य समन्वय महाशाखा प्रमुखका रूपमा कार्यरत अर्याल हालै मात्र मन्त्रालयमा सरुवा भएर आएकी हुन्। उनलाई स्वास्थ्य तालिम केन्द्रबाट समन्वय महाशाखामा ल्याइएको थियो। उनले सोमबारदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विगतदेखि नै समन्वय महाशाखा प्रमुखले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका छन्। अर्यालले यसअघि पनि सोही महाशाखाको प्रमुखका रूपमा काम गरिसकेकी छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
