नेपाल हेल्थ न्युज, काठमाडौं । चितवनस्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। भरतपुर महानगरपालिका–१२ निवासी पौडेलले स्वास्थ्य मन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई स्वेच्छिक रूपमा राजीनामा दिन गरेको आग्रहलाई सम्मान गर्दै आफूले पद त्यागेको उनले उल्लेख गरेका छन्। उनले २०८३ वैशाख २० गतेबाट लागू हुने गरी अवैतनिक अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।
राजीनामा पत्रमा उनले सामाजिक सञ्जालहरूमा पनि यस्तै माग उठेकाले त्यसलाई ध्यानमा राख्दै निर्णय लिएको बताएका छन्। साथै, अध्यक्षका रूपमा कुनै पनि आर्थिक लाभ नलिने आफ्नो प्रतिबद्धताअनुसार बैठक भत्ता वापत लिएको रकमसमेत अस्पतालकै खातामा जम्मा गरी आवश्यक भौचर पेश गर्ने उनले बताएका छन्। नाक, कान, घाँटी रोग विशेषज्ञ रहेका पौडेलले यसअघि २०५९ सालदेखि २०६८ सालसम्म सोही क्षेत्रमा सेवा दिइसकेका छन्।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
