नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाभित्र आजदेखि मतदान सुरु भएको छ।
उपत्यकामा मतदान १८ र १९ गते सञ्चालन हुने निर्वाचन तालिका अनुसार चिकित्सकहरू मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।
यसपटकको निर्वाचनमा अध्यक्ष पदसहित १९ सदस्यीय कार्यसमिति चयनका लागि तीन प्यानल प्रतिस्पर्धामा छन्। डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्ना–आफ्ना टिमसहित उम्मेदवारी दिएका छन्। कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन शुक्रबार र शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं उपत्यका बाहिरका क्षेत्रहरूमा भने मतदान प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
