नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाभित्र आजदेखि मतदान सुरु भएको छ।
उपत्यकामा मतदान १८ र १९ गते सञ्चालन हुने निर्वाचन तालिका अनुसार चिकित्सकहरू मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।
यसपटकको निर्वाचनमा अध्यक्ष पदसहित १९ सदस्यीय कार्यसमिति चयनका लागि तीन प्यानल प्रतिस्पर्धामा छन्। डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्ना–आफ्ना टिमसहित उम्मेदवारी दिएका छन्। कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन शुक्रबार र शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं उपत्यका बाहिरका क्षेत्रहरूमा भने मतदान प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
