नेपाल हेल्थ न्युज, विराटनगर । नेपाल नर्सिङ संघले बिराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल मा ड्युटीमा रहेका नर्सहरूमाथि बिरामी तथा उनका आफन्तबाट गरिएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आज एक विज्ञप्ति जारी गर्दै ड्युटीमा खटिएका नर्सहरूमाथि गरिएको दुर्व्यवहार, धाकधम्की र अपमानजनक गतिविधिको घोर भर्त्सना गरेको छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत नर्सहरूमाथि यस्तो व्यवहार हुनु अत्यन्तै निन्दनीय र अस्वीकार्य रहेको संघले उल्लेख गरेको छ।
संघकी महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष प्रा. चन्द्रकला शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
त्यसैगरी, संघले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको मनोबल उच्च राख्न र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न यस्ता घटनामा कडा कदम चालिनुपर्नेमा संघले जोड दिएको छ।संघले आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गर्न पनि सरकारसँग माग गरेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
