नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी रहेको निकायमा हालसम्म हाजिर नभएका स्वास्थ्यकर्मीहरूलाई तत्काल फर्किन निर्देशन दिएको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाद्वारा जारी अत्यन्त जरुरी सूचनामा नेपाल स्वास्थ्य सेवाका नवौँ र दशौँ तहका विभिन्न समूह तथा उपसमूहका अधिकृतहरूलाई काज फिर्ता गरी दरबन्दी रहेको कार्यालयमा रमाना सहित हाजिर हुन पटक–पटक पत्राचार गरिएको उल्लेख छ।
तर, केही कर्मचारी अझै पनि सम्बन्धित निकायमा नफर्किएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। सूचनामा त्यस्ता कर्मचारीहरूलाई तत्काल दरबन्दी भएको निकायमा हाजिर हुन निर्देशन दिइएको छ।
साथै, काज फिर्ता भएका कर्मचारीलाई रमाना सहित नपठाउने कार्यालय प्रमुखलाई समेत कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई थप सरल, सहज र प्रभावकारी बनाउन यस्तो कदम चालिएको स्पष्ट पारेको छ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
