नेभिगेशन

क्यान्सर पर्खालभित्रको मानवीय कथा

डर होइन, समयमा निर्णय नै जीवन बचाउने शक्ति 

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । पहाड चढ्न गएका बेला अचानक पेटको एक भागबाट रगत रिसाब भइरहेको देखियो । सुरुमा सामान्य समस्या होला भन्ने लाग्यो । तर अस्पतालमा जाँच गर्दा हेमोग्लोबिनको मात्रा ७ मा झरेको देखियो । थप परीक्षणपछि ठूलो आन्द्रा (कोलोन) क्यान्सरको प्रारम्भिक अवस्था पुष्टि भयो ।

क्यान्सरकै कारण आमासमेत गुमाएकी क्यान्सर विजेता डोलीका गुरुडका लागि यो खबर झन् संवेदनशील थियो । तर उनले डरलाई जितेर उपचार सुरु गरिन् । रोग प्रारम्भिक अवस्थामा पत्ता लागेकाले उपचार प्रभावकारी भयो । ‘सुरुकै अवस्थामा थाहा पाएर उपचार गरेँ । आज म पूर्ण रूपमा स्वस्थ छु । क्यान्सर लाग्दैमा मरिँदैन । डराएर बस्नुपर्दैन’—उनी भन्छिन् ।

नुहाउने क्रममा उनले आफ्नो देब्रे स्तनमा सानो गिर्खा महसुस गरिन् । गिर्खा थाहा पाए पनि सुरुमा जाँचका लागि गइनन् । पछि मेमोग्राम र भिडियो एक्सरे गरियो । रिपोर्टले स्तन क्यान्सर पुष्टि ग¥यो । तर उपचार सुरु भएपछि क्यान्सर विजेता मिना तुलाधरले बिस्तारै बुझिन्—‘समयमै पहिचान र सही उपचार पाएपछि यो निको हुन सक्ने रोग रहेछ ।’ उनको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ । 

डर होइन, समयमा निर्णय नै जीवन बचाउने शक्ति 
क्यान्सर व्यक्तिगत र मानवीय अनुभव हो । प्रत्येक निदान पछाडि दुःख, पीडा, उपचार, धैर्य, प्रेम जस्ता मानवीय कथा लुकेको हुन्छ ।  प्रत्येक क्यान्सर अनुभव फरक हुन्छ र व्यक्तिलाई पहिलो प्राथमिकता दिन एकजुट प्रयास आवश्यक हुन्छ ।

विश्व क्यान्सर दिवस २०२५–२०२७ को अभियान युनाइटेड बाई युनिक (फरक पहिचान एउटै उद्देश्य) ले पनि मानिसलाई उपचार र व्यक्तिगत कथालाई संवादको मुटुमा राख्दछ  ।

क्यान्सर असामान्य कोषहरूको तीव्र उत्पादन हो । यसमा कोषहरु सामान्य सीमा भन्दा बाहिर बढ्छन् र नजिकका अंगहरूमा फैलिन सक्छन् । यस प्रक्रियालाई मेटास्टेसिस भनिन्छ । व्यापक मेटास्टेसिस नै क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

क्यान्सर क्षेत्रमा उच्चस्तरीय रेफरेन्स जर्नल ‘ए क्यान्सर जर्नल फर क्लिनिसियन्स’ मा प्रकाशित अध्ययन अनुसार महिलामा सबैभन्दा धेरै देखिने स्तन क्यान्सर हो भने दुवै लिङ्गमा फोक्सो र कोलोरेक्टल (ठूलो आन्द्रा) क्यान्सर मृत्युको प्रमुख कारणका रूपमा रहेका छन् ।  

चिकित्सा स्वास्थ्य र जीवन विज्ञान सम्बन्धि वैज्ञानिक अनुसन्धान लेख खोज्ने विश्वकै सबैभन्दा ठूलो निःशुल्क अनलाईन डेटावेस ‘पबमेड’ मा प्रकाशित प्रतिवेदन अनुसार पछिल्ला वर्षहरूमा कोलोरेक्टल क्यान्सर र सर्भाइकल (पाठेघरको मुख) क्यान्सर युवा उमेर समूहमा बढ्दै गएको देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप क्यान्सर