नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारको रूपमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।
डा. अग्रवाल त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार, डा. अग्रवालले राज्यबाट कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिइ केवल विशेषज्ञको रूपमा आफ्नो सेवा प्रदान गर्नेछन्।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
