नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले हाल स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सकुन्तला प्रजापतिलाई दिएकी छन्। उनी यो पदमा अर्को सूचना नभएसम्म कार्यभार सम्हाल्नेछिन्।
प्रजापति एघारौँ तहकी नर्सिङ समूहकी सदस्य हुन् र गत महिना मात्रै नारायणी अस्पतालबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी थिइन्। मन्त्रालयमा उनको पद अहिले पुल दरबन्दीमा रहेको थियो। प्रजापतिले भनिन्, “जिम्मेवारी जहाँ भए पनि काम गर्नुपर्ने हुन्छ।”
यसअघि बोर्डको निर्देशकको जिम्मेवारी डा। कृष्णप्रसाद पौडेलले सम्हालेका थिए, जो हाल गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएका छन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
