नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकमा प्राडा प्रभा कोइराला चापागाईँ नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णयमार्फत अर्को व्यवस्था नभएसम्मको लागि प्राडा कोइरालालाई जिम्मेवारी दिएको जानकारी दिइन्।
प्राडा कोइराला कार्डियोलोजिष्ट हुन्। यसअघि, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सबै पदाधिकारीहरु अध्यादेशमार्फत पदमुक्त भएपछि वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले पनि राजिनामा दिएका थिए। डा. शर्मा गत मंगलबार स्वास्थ्य मन्त्री मेहतासमक्ष आफ्नो राजिनामा बुझाएका थिए।
स्वास्थ्य मन्त्री मेहताको सचिवालयका अनुसार, रिक्त निर्देशक पदमा वरिष्ठता र कार्यक्षमताको आधारमा प्राडा कोइरालालाई नियुक्त गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
