नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकमा प्राडा प्रभा कोइराला चापागाईँ नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णयमार्फत अर्को व्यवस्था नभएसम्मको लागि प्राडा कोइरालालाई जिम्मेवारी दिएको जानकारी दिइन्।
प्राडा कोइराला कार्डियोलोजिष्ट हुन्। यसअघि, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सबै पदाधिकारीहरु अध्यादेशमार्फत पदमुक्त भएपछि वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले पनि राजिनामा दिएका थिए। डा. शर्मा गत मंगलबार स्वास्थ्य मन्त्री मेहतासमक्ष आफ्नो राजिनामा बुझाएका थिए।
स्वास्थ्य मन्त्री मेहताको सचिवालयका अनुसार, रिक्त निर्देशक पदमा वरिष्ठता र कार्यक्षमताको आधारमा प्राडा कोइरालालाई नियुक्त गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
