नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि लिमिटेडले उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका लागि प्रयोग हुने तीन नयाँ औषधि छिट्टै बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीका अनुसार यी औषधिहरू उत्पादनको अन्तिम चरणमा पुगेका छन्। यससँगै लिमिटेडले हाल ३७ वटा औषधि उत्पादन तयारीमा राखेको छ। कोलेस्ट्रोल नियन्त्रित औषधि एटोरभास्टिनको अनुमति प्रक्रियामा रहेको जानकारी पनि दिइएको छ।
मधुमेहको लागि मेटफरमिन (५०० र ८०० मिलिग्राम) र उच्च रक्तचापको लागि एम्लोडोपिन (२.५ र ५ मिलिग्राम) अनुसन्धान तथा विकासको अन्तिम चरणमा छन्। नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेशकुमार भट्टराईका अनुसार “तीनवटा औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगका लागि उपलब्ध हुनेगरी प्रक्रिया अघि बढाइएको छ।”
त्यसैगरी, आगामी उत्पादनमा एस्प्रिन ७५ मिलिग्राम, अल्वेन्डाजोल ४०० मिलिग्राम, अल्मुनियम हाइड्रोअक्साइड जेल ५०० मिलिग्राम, अमिट्रीपिटिलाइन १० र २५ मिलिग्राम, एम्लोडिपिन ५ मिलिग्राम, एजिथ्रोमाइसिन २५० र ५०० मिलिग्राम रहेका छन्।
थप रूपमा अनुसन्धान र विकास प्रक्रियामा रहेका औषधिहरूमा कार्बामेजापिन, सेट्रिजिन १० मिलिग्राम, चारकोल एक्टिभेटेड १० ग्राम, कोलेरोक्विन १५० मिलिग्राम, सिप्रोफोलाक्सिन ५०० मिलिग्राम, कोट्रिमोक्साजोल ४०० सय ८०० मिलिग्राम, डाइजपाम ५ मिलिग्राम, डिक्लोफेनाक ५० र ६० मिलिग्राम, फेरस सल्फेट, फोलिक एसिड, फुरोसेमिड, मिथिलडोपा, नाइट्रोफुरान्सन, र विभिन्न भिटामिन तथा खनिजहरू छन्।
नेपाल औषधि लिमिटेडका महानिर्देशक भट्टराईका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र सम्बन्धित सरकारी निकायले लिमिटेडको उत्पादन क्षमता बढाउने तथा सरकारी स्वास्थ्य संस्थामार्फत वितरण गर्ने विषयमा छलफल गरिसकेका छन्। यसैगरी, औषधि उत्पादनका लागि स्वास्थ्य तथा उद्योग मन्त्रालयका विज्ञहरूले आवश्यक प्रस्ताव पनि मागिसकेका छन्।
सरकारी निर्देशन अनुसार, निःशुल्क वितरण भइरहेका ९८ वटा अत्यावश्यक औषधिमध्ये केही उत्पादन गर्न लिमिटेडलाई आदेश दिइएको छ। यसै आधारमा लिमिटेडले प्रस्तावित बजेट पठाइसकेको र उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्तुत भएको जानकारी पनि उपलब्ध छ।
गुणस्तर आश्वासन इन्चार्ज हीना श्रेष्ठका अनुसार, “बजारको माग पूरा हुने गरी उत्पादन गर्नेछौं, र गुणस्तरमा कुनै कमी आउँदैन।” सरकारले हालको नीति अनुसार लिमिटेडबाट उत्पादित औषधि बजारमा खुला रूपमा र सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइनेछ।
नेपाल औषधि लिमिटेड सन् १९७२ मा स्थापना भएको हो। २०६४ सालमा बन्द भएपनि २०७४ सालपछि पुनः सञ्चालनमा आएको थियो। पूर्वाधार र जनशक्ति थप नभएसम्म अपेक्षित औषधि उत्पादन पूरा हुन सक्दैन, महानिर्देशक पनेरूले बताए। हाल हेमोडाइलासिस औषधि, सिटामोल, फोलिक एसिड, जीवनजल, गिलसिरिन लगायतका औषधि उत्पादन भइरहेको छ।
आज विश्व लुपस दिवस मनाइँदै
आइतबार, वैशाख २७, २०८३
३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिँदै
आइतबार, वैशाख २७, २०८३
उपकुलपति नियुक्तिमा पीएचडी अनिवार्य गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति
आइतबार, वैशाख २७, २०८३
नेपालमा ग्यास्ट्राइटिस उपचारको नयाँ अध्याय: एशियन फर्मास्युटिकल्सले ल्यायो नयाँ औषधि
शुक्रबार, वैशाख २५, २०८३

