नेभिगेशन
क्यान्सर अस्पतालमा ‘स्वच्छता अभियान’

भक्तपुर क्यान्सर अस्पतालमा सप्ताहव्यापी सरसफाइ अभियान, पूर्वाधार सुधार र बिरामीमैत्री सेवा विस्तारका कार्यक्रम सुरु

अस्पताल परिसरको विशेष सरसफाइमार्फत सेवाग्राहीलाई सहज र सकारात्मक वातावरण उपलब्ध गराउने लक्ष्य-डा. उज्ज्वल चालिसे

add final

नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सप्ताहव्यापी सरसफाइ कार्यक्रम सुरु गरिएको छ। अस्पताल परिसरलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पताल परिसरको विशेष सरसफाइमार्फत सेवाग्राहीलाई सहज र सकारात्मक वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिनुभयो।

उहाँका अनुसार अभियानमा अस्पतालका सरसफाइ कर्मचारीसँगै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले समेत सक्रिय सहभागिता जनाइरहेका छन्। आवश्यकता अनुसार विभिन्न सङ्घ–संस्थाको सहयोग पनि लिइने बताइएको छ।

अस्पतालले सरसफाइ अभियानलाई केवल एक साताको कार्यक्रमका रूपमा सीमित नराखी दीर्घकालीन सुधार अभियानका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ। यसअन्तर्गत अस्पताल हाताभित्र बगैंचा निर्माण गरी हरियाली प्रवर्द्धन गर्ने योजना पनि अघि सारिएको छ।

सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि अस्पतालले विभिन्न भौतिक पूर्वाधार सुधारका कामसमेत अगाडि बढाएको जनाएको छ।

अस्पताल परिसरमा स्वच्छ पिउने पानी, सुलभ शौचालय तथा कुरुवा घरको व्यवस्था गरिएको छ भने ओपिडी र वार्डमा बिरामी तथा आफन्तले लामो समय उभिनु नपर्ने गरी थप कुर्सीको व्यवस्थासमेत गरिने भएको छ।

त्यसैगरी बिरामीमैत्री व्यवहार अभिवृद्धि गर्न कर्मचारीलाई सचेतना कार्यक्रम तथा तालिम सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले उपचारसँगै सेवाग्राहीले सुखद अनुभव प्राप्त गर्ने वातावरण निर्माणलाई प्राथमिकतामा राखेर सुधारका कार्यक्रम अघि बढाएको बताइएको छ।bhakatpur-cancer-sarsafai1-1778478517.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष