नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको टोलीले महिलामा अत्यधिक देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्ने उद्देश्यले मधेश प्रदेशका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।
अस्पताल विकास समितिकी पदाधिकारी सङ्गिता फुयाँलका अनुसार वैशाख २६ गते बारा जिल्लाको कोल्हवीमा सुरु गरिएको शिविर आइतबार धनुषाको रुपहीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ।
उहाँले हालसम्म एक हजारभन्दा बढी महिलाले शिविरमार्फत स्वास्थ्य सेवा लिइसकेको जानकारी दिनुभयो। शिविरमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षणसँगै जनचेतनामूलक परामर्शसमेत प्रदान गरिएको छ।
कार्यक्रम सञ्चालनमा नेपाल अर्बुद रोग निवारण संस्था, महिला लघुवित्त वित्तीय संस्था तथा लायन्स क्लब अफ बागमती क्यान्सर ले सहयोग गरेका छन्।
अस्पतालका अनुसार मधेश प्रदेशपछि सुदूरपश्चिम प्रदेशलगायत देशका अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम विस्तार गरिने तयारी गरिएको छ।
अस्पतालले उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षभरि नै क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य परीक्षण शिविर तथा प्रारम्भिक स्क्रिनिङ अभियान सञ्चालन गर्दै आएको जनाएको छ। विशेषज्ञहरूका अनुसार पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए उपचारको सफलता दर उच्च हुने भएकाले नियमित परीक्षण र जनचेतना अत्यन्त आवश्यक मानिन्छ।
भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
आइतबार, साउन १७, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
शुक्रबार, साउन १५, २०८३
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३

