नेभिगेशन

'हान्टा भाइरस'बाट नेपाल जोखिममा छ?

add final

नृपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो समय आन्ध्र महासागरमा रहेको पानीजहाजमा हान्टा भाइरसको प्रकोप देखिएको विषयले अन्तर्राष्ट्रिय रूपमा चासो बढाएको छ। यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टा भाइरसको संक्रमण पुष्टि नभएको जनाएको छ।

मन्त्रालयका अनुसार हाल चर्चामा रहेको हान्टा भाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने मुसा नेपालमा सामान्यतया पाइँदैन। त्यसैले नेपालमा यसको तत्काल जोखिम अत्यन्तै न्यून रहेको जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले पनि पुष्टि गरेको छ कि संक्रमण देखिएको पानीजहाजमा हालसम्म कुनै नेपाली नागरिकको यात्रा भएको छैन। यद्यपि, अन्ताराष्ट्रिय हवाई तथा स्थलगत नाकामा सतर्कता अपनाइएको छ र अस्पतालहरू संक्रमणको सम्भावना देखिए उपचारका लागि तयारी अवस्थामा राखिएका छन्।

हान्टा भाइरस के हो ?
हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया संक्रमित मुसाको पिसाब, लिड, र्‍याल वा दूषित वातावरणसँगको सम्पर्कबाट मानिसमा संक्रमण हुन सक्छ।

मानिसबाट मानिसमा सर्छ ?
वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुन्छ र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र जोखिम रहन्छ।

सुरक्षित रहनका उपायः

  • घर तथा वरपरको वातावरण सफा राख्नुहोस्
  • मुसा प्रवेश गर्न सक्ने स्थान बन्द गर्नुहोस्
  • मुसाको फोहर सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्नुहोस्
  • हात नियमित रूपमा साबुनपानीले धुनुहोस्
  • ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्था सम्पर्क गर्नुहोस्

नेपालमा हालसम्म हान्टा भाइरस संक्रमणको कुनै घटना नदेखिएको भए पनि स्वास्थ्य मन्त्रालयले जनतालाई सतर्क रहन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट