नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार डा. उपाध्यायले उक्त जिम्मेवारी सम्हाल्ने भएका हुन्।
११औं तहका आयुर्वेद चिकित्सक डा. उपाध्याय यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकको रूपमा कार्यरत थिए। तर, महानिर्देशकको जिम्मेवारी तोकिए पनि उनको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद चिकित्सालयमै कायम रहने मन्त्रालयले जनाएको छ।
यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औं तहका चिकित्सक डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।
डा. उपाध्याय विभागमा जानुासाथ नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद हाल रिक्त रहेको छ। स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार, चिकित्सालयमा कार्यरत वरिष्ठ चिकित्सकहरूमध्येबाट नयाँ निमित्त निर्देशक तोकिने तयारी भइरहेको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
